तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य संकट गहिरिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

जानकी — बढ्दो गर्मी र तापक्रमका कारण बाँकेमा जनजीवन, आर्थिक गतिविधि र स्वास्थ्यमा गम्भीर असर देखिएको छ।

दैनिक ज्यालादारी मजदुर, किसान, विद्यार्थी र सर्वसाधारणको आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्दै गएको स्थानीयहरूले बताएका छन्। रिक्साचालकदेखि तरकारी खेती गर्ने किसानसम्म सबैको आम्दानीमा गिरावट आएको छ।

शैक्षिक संस्थाहरूले अत्यधिक गर्मीका कारण बिहानै कक्षा सञ्चालन गर्न थालेका छन् भने विद्यार्थीमा टाउको दुख्ने, चक्कर लाग्ने र थकान जस्ता समस्या देखिन थालेका छन्।

भेरी अस्पतालका चिकित्सकका अनुसार गर्मीका कारण डिहाइड्रेसन, थकान, वान्ता र हिट स्ट्रोकका बिरामी बढिरहेका छन्।

विशेषज्ञहरूले दिउँसो चर्को घाममा ननिस्कन, पर्याप्त पानी पिउन र हल्का कपडा प्रयोग गर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *