गोदाममा मल थन्किँदा बाँकेका किसान चिन्तित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

नेपालगञ्ज — बाँकेमा रासायनिक मल पर्याप्त मौज्दात भए पनि वितरण प्रक्रिया सुरु नहुँदा किसान समस्यामा परेका छन्।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका गोदाममा डिएपी, युरिया र पोटास उपलब्ध रहे पनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिको निर्णय नआएकाले किसानले समयमै मल पाउन सकेका छैनन्।

धानको बीउ राख्ने काम सुरु भइसकेको अवस्थामा धेरै किसान पुरानो मौज्दातको भरमा खेती गरिरहेका छन् भने केही किसान मल अभावकै बीच बिउ रोप्न बाध्य भएका छन्।

सम्बन्धित निकायहरूले आवश्यक निर्णय भएपछि स्थानीय तहमार्फत मल वितरण सुरु गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *