सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ ।

हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *