नेपाल–भारत सम्बन्धका सबै विषयमा संवाद हुने परराष्ट्रमन्त्री खनालको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपाल–भारत सम्बन्धसँग जोडिएका सबै समसामयिक विषयमा विस्तृत संवाद हुने बताएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको प्राथमिकताका विषयलाई केन्द्रमा राखेर वार्ता अघि बढाइने स्पष्ट पारे।

मन्त्री खनालले व्यापार, लगानी, ऊर्जा सहकार्य, कनेक्टिभिटी र जनस्तरका सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुने जानकारी दिएका छन्।

उनले दुई देशबीच उठेका सबै सरोकारका विषयमा संवाद हुने भन्दै भ्रमणले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *