वायुसेवा निगमका समस्या सुधारका लागि अध्ययन समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २५

काठमाडौँ : नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न उपसमिति गठन भएको छ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल छन्। समितिका निर्णयहरुबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेस गर्ने बताए।

समितिलालाई संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ।सभापति यादवले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)बारे पनि अध्ययन गर्न अर्को बैठकबाट उपसमिति बनाएर जाने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *