|
२०८२ मंसिर २
काठमाण्डौँ । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ ।
अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ ।
बुधबारदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो ।
यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्