|
२०७९ बैशाख ४
४ वैशाख, काठमाडौं । समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।
काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । विमानस्थल करिब १० मिनेटका लागि बन्द गरेर जहाज अवतरण गराइएको थियो । विमानस्थल स्रोतका अनुसार सबै यात्रु सुरक्षित छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्