प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाज ‘डाइभर्ट’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाण्डौँ । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाण्डौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।

दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *