इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १

काठमाडौँ : बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। बिहीबार बिहान साढे ६ बजे बुद्ध यएरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरि काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन्,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *