|
२०८२ कार्तिक २५
काठमाण्डौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
सोमबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रालिलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
डिस्ट्रिब्युटरले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस्तै विभागले अन्य दुई फर्मलाई पनि कारबाही गरेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्