
सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।
सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।
साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया