सिंहदरबारको क्यान्टिनमा विभागको आकस्मिक अनुगमन, ३ लाख जरिवाना

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

 सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार  विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो । 

सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

 साथै उक्त क्यान्टिन सञ्चालन गर्ने  कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *