३ महिनामा २६ करोड रुपैयाँको अवैध सामान बरामद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले सवा तीन महिनाको अवधिमा झन्डै २६ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। उक्त अवधिमा ३० जना तस्करलाई पक्राउ गरिएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको कारबाहीमा पर्सास्थित नं.१३ गणले ९ करोड ९८ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ भने रौतहटस्थित नं.११ गणले २ करोड ९४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

अभियानका क्रममा २१ जना महिला मानव बेचबिखनबाट उद्धार, १९ जना पुरुष पक्राउ, र १७ जना लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले २८ क्विन्टल गाँजा, ३० किलो चरेस, तथा प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ। साथै, ५२ लाख नेपाली र ७ लाख भारतीय रुपैयाँ श्रोत नखुलेको अवस्थामा फेला परेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *