टीओबी सदस्य तेन्जिनमाथि लागुऔषध, किर्तेमा कन्भर्ट मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाण्डौँ । टीओबी (तिब्बतियन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामामाथि प्रहरीले तीन कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पक्राउ गरेर सुरुमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरेको प्रहरीले अहिले विभिन्न प्रमाणहरू फेला पर्न थालेपछि एकसाथ तीन कसुरमा अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंका एक अधिकृतका अनुसार अहिले उनीमाथि कीर्ते, लागुऔषध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

तेन्जिन दावाको कोठा खानतलासी गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले बताएको छ । दावाको कोठाबाट गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि म्याद लिएर अनुन्धान अघि बढाइएको हो । लागुऔषधको कसुरमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *