×

नेपालका चर्चित भ्लगर चेतन कार्की लागुऔषध हेरोइनसहित पक्राउ

माघ २१, २०७८ | दाक्सु मिडिया

नेपालका चर्चित भ्लगरमध्ये एक रहेका चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो ।  उनको साथबाट गाँजा पनि बरामद भएको प्रहरीको भनाइ छ । बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्नेक्रममा प्रहरीले उनको खल्तीबाट खैरो हेराेइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो।

सुनसरीबाट काठमाडौँ आउने क्रममा कार्कीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द थपलियाले बताए । उनलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको थपलियाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: