जेन–जी आन्दोलनमा टीओबीका सदस्य पेस्तोल बोकेर पुगेका हुन् ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाण्डौँ । जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उक्त तस्वीरमा देखिएजस्तै ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन् वा होइनन् यकिन भएको छैन। तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन । यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् ।

टीओबीलगायत सबै समूह व्यक्तिका अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *