मंसिरसम्म विशेष महाधिवेशन गर्नुपर्ने वर्षमान पुनको प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २३

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मंसिरसम्म पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले पार्टीले संचालन गर्ने अभियान सरकेर असोजदेखि मंसिरकोबीचमा विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिए।माओवादी केन्द्रले फागुन १ बाट ६ महिने जागरण अभियान संचालन गर्दैछ।

माओवादीभित्र लामो समयदेखि विशेष महाधिवेशनको कुरा उठ्दै आइरहेको छ। अर्का उपमहासचिव जनार्दन शर्मा लगायतले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसलाई महाधिवेशनबाट टुंग्याउने जवाफ दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *