देउवा समूहको कांग्रेस वडा अधिवेशन आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १५

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीस्वरूप आजदेखि वडा अधिवेशन सुरु गर्दैछ।

देउवा समूहले ७७ जिल्लामा निर्वाचन अधिकृत खटाएको जनाएको छ। समूहले आगामी २१ देखि २३ मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

संस्थापन पक्षले भने यसअघि नै महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला दुवै पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *