९ चैत, सोलुखुम्बु – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा १८ दल दर्ता भएका छन् । दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सोलुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका १८ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न सक्ने सम्भावना छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा भन्दा आउदो चुनावमा मतदाताको संख्या बढी छ । त्यसैले जिल्लामा अहिले मतदान केन्द्र थप्नुपर्ने देखिन्छ । जिल्लामा ८० हजार सात सय बाह्र मतदाता छन् ।सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।
दर्ता भएका पाटीहरु स्
१ नेपाली काङ्ग्रेस
२ नेकपा एमाले
३ नेकपा माओवादी केन्द्र
४ जनता समाजवादी
५ एकीकृत समाजवादी
६ राष्ट्रीय प्रजातन्त्र पाटी
७ मंगोल नेसनल अर्गनाइजेसन ःल्इ
८ नेपाल कम्युनिष्ट पार्टी माले
९ समाजिक एकता पाटी
१० उन्नत लोकतन्त्र पाटी
११ नेपाल मजदुर किसान पाटी
१२ नेपालका लागि नेपाली पाटी
१३ खम्बुवान राष्ट्रीय मोर्चा नेपाल
१४ किरात खम्बुवान साझा पाटी
१५ राप्रपा नेपाल
१६ संघीय लोकतान्त्रिक राष्ट्रीय मंच
१७ राष्ट्रीय नागरिक पाटी
१८ जनसमाज बादी पाटी नेपाल
फेसबुकबाट तपाईको प्रतिक्रिया