×

‘भ्वाईस अफ नेपाल’बाट बाहिरिएपछि चौरमा चटपटे र काक्रो बेच्दै एलिना

साउन ५, २०७८ | दाक्सु मिडिया

भ्वाईस अफ नेपालको व्याटल चरणबाट बाहिरिएकी एलिना उदास यतिबेला चटपटे बेच्दै गर्दा भेटिन थालेकी छिन् । यस अगाडि पनि घर बनाउने काम गर्ने एलिनाले आफ्नो परिवार चलाउन, छाक टार्न र आमा पाल्नका लागि आफुले यो काम गरिरहेको बताईन् ।काम सानो ठुलो नहुने भन्दै एलिनाले शिशिर भण्डारी पुग्दा मिठो चटपटे पनि खुवाईन् । एलिना सँगै उनको आमा पनि छोरीलाई चटपटे बेच्न सघाउँदै थिईन् । काक्रो, फलफुल पनि एलिनाले आफ्नो पसलमा राखेकी छिन् । घुम्न आउने युवाहरुलाई उनी आफ्नो हातको मिठो चटपटे खुवाउँछिन् ।शिशिरसँग कुरा गर्दै एलिनाले आफुलाई यहाँ आउने दर्शकहरुले चिन्ने गरेको र गीत गाउन अनुरोध गर्ने गरेको पनि बताईन् । एलिनाको आमाले भने छोरीको आवाज मिठो हुँदा हुँदै पनि उचित मौका नपाएकोमा दुख व्यक्त गरिन् । आमाले सबै कुरा पैसा नै रहेछ बाबु भन्दै शिशिरसँग दुख पोखिन् । एलिनाले भने आफ्नो दिन पनि त आउला भन्ने आशा बोकेर सँगीत साधना बिहान बिहान गर्ने गरेको बताईन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: