|
२०८२ भाद्र २७
नेपाली सेनाले हाल विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र झुट्टा समाचारप्रति सजग रहन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै नेपाली सेनासँग सम्बन्धित आधिकारिक जानकारी मात्र विश्वास गर्न आग्रह गरेको हो।
सेनाले आफ्ना धारणा र गतिविधिहरू प्रेस विज्ञप्ति, प्रेस नोट तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ। त्यसैले यस्ता भ्रामक समाचारहरूमा नपर्न सबैमा आग्रह गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्