नेपाली सेनाको आग्रह: आन्दोलनका क्रममा हराएका हातहतियार फिर्ता गर्नुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं, भदौ २५ – हालैको जेन-जी नेतृत्वको आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियार, गोलीगट्ठा र अन्य सुरक्षासम्बन्धी सामग्री फिर्ता गर्न नेपाली सेनाले आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले ती सामग्री नेपाली सेना वा सम्बन्धित सुरक्षानिकायलाई तत्काल बुझाउन आह्वान गरेको हो। सेनाले यस्तो संवेदनशील अवस्थामा ती हातहतियारको दुरुपयोग हुन सक्ने भन्दै त्यसले जनधनमा गम्भीर क्षति पुर्‍याउन सक्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *