सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक वर्षमा २ हजार बढि कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ हजार १ सय ११ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
समाजमा शान्ति, सुरक्षा तथा अमन चयन कायम राख्ने उद्देश्यले जिल्लाका शहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म निरन्तर रुपमा गस्ती, सूचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारबाही गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम अन्तर्गत प्रहरी र आम नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै महिला हिंसा, लागू औषध दुव्र्यसन, ट्राफिक नियम, साइबर अपराध, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, घरेलु हिंसा, जातीय विभेद, बालविवाह, बालअधिकार हनन, प्राकृतिक प्रकोप जस्ता विविध विषयमा जनचेतना अभिवृद्धि गराउँदै कानुनी जानकारी समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्