सोलुदुधकुण्ड नगरपालिका ६ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत बीउविजन तथा सिंचाइ सामग्री वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख २४

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ६ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत बीउविजन तथा सिंचाइ सामग्री वितरण गरिएको छ ।

वडा नं ६ अन्तर्गत रहेका कृषक समूहहरूलाई नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अनुसार वीउविजन तथा सिंचाइ सामग्री वितरण गरिएको हो ।

वडामा तरकारी पकेट विकास कार्यक्रम सञ्चालनको लागि तरकारी बीउविजन तथा सिंचाइका लागि आवश्यक सामग्रीहरू वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमले कृषकहरूको उत्पादनशीलता वृद्धि गर्ने, व्यवसायिक तरकारी खेतीमा प्रोत्साहन गर्ने र स्थानीय खाद्य सुरक्षामा टेवा पुर्‍याउन नगरपालिकाको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *