×

महाकुलुङ गाउँपालिकामा स्वास्थ्य बीमा अभिमुखिकरण कार्यक्रम सञ्चालन हुँदै

चैत्र १७, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । स्वस्थ्य बीमा बोर्ड फाप्लु सोलुखुम्बुको सहजीकरण, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, महाकुलुङ गाउँपालिका र करुणा फाउण्डेशन नेपालको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

अपाङ्गता रोकथाम तथा कार्यक्रम अन्तर्गत महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाले सामाजिक सहभागिता बृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । आइतबार वडा नम्बर ४ स्थित स्मृति आधारभुत विद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारको सुनिश्चित परिचालन गर्न पूर्व भुक्तानी माध्यमबाट बीमा गरेकाहरुको आर्थिक न्यूनिकरण गरि वित्तिय संरक्षण प्रदान गर्न, स्वास्थ्य सेवाको क्षमता र जवाफदेहिता अभिबृद्धि गरि स्वास्थ्य सेवामा नागरिकको सहज सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: