×

आठौं दिन शिक्षकहरूको माइतीघर-बानेश्वरमा प्रदर्शन

चैत्र २६, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आठौं दिनमा पनि जारी छ । बुधबार माइतीघरदेखि बबरमहलसम्म हात उठाएर प्रदर्शन गरेका छन्।

यसअघि सिट्ठी फुकेर, कालो मास्क लगाएर प्रदर्शन गरेका थिए । चैत २० गतेदेखि माइतीघरमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षकहरूले प्रदर्शन गर्दै आइरहेका छन् ।

सरकारले दुई पटकसम्म वार्तामा बोलाउँदा शिक्षक महासंघले वार्तालाई अस्वीकार गर्दै आइरहेको छ।

आन्दोलित शिक्षकहरूले अघिल्लो वर्षको असोजमा नै वार्ता भइसकेको र सो वार्ताको सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आइरहेको छ ।

सरकारले यसअघि गरेको सहमति कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन ल्याउने तयारी गरेको छ । संसद अहिले बन्द भएकाले उक्त विधेयक उपसमितिमा छलफल भइरहेको छ ।

महासंघले भने शिक्षकहरू आन्दोलनमै रहँदा विधेयकलाई संसदमा छलफल नगरेको र अधिवेशन नै अन्त्य गरेका कारण सहमति कार्यान्वयनका लागि सरकार तयार नभएको बताउँदै आएको छ ।

महासंघले अहिले प्रदर्शनमा पनि दैनिक फरक-फरक उपाय अपनाइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: