पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ८

जनकपुरधान । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना महामारी तथा पटक–पटक गरिएको लकडाउनले जनता आर्थिक समस्यामा परेका बेला सरकारले मूल्यवृद्धि गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामानदेखि हरेक क्षेत्रमा महँगी बढ्ने बताउँदै युवा संघका केन्द्रीय सचिवालय सदस्य ईदमोहम्मद साफीले भने, ‘आर्थिक मन्दीका वेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ ।’ उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरे । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *