|
२०८३ श्रावण १४
काठमाडौं, साउन १४ — देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश स्थानमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने तराईका केही क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। वर्षा र चट्याङको सम्भावना कायम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्