वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने हो : जगमान

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र २७

काठमाण्डौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताएका छन् । ‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु तपाईंहरु कोको आउनुहुन्छ आउनुस्’, उनले भनेका छन् । राजसंस्थाको पुनर्स्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *