कांग्रेस केन्द्रीय बैठक टुंगियो, आज निर्णय सार्वजनिक हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार सम्पन्न भएको छ। साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीभित्र उठेका विभिन्न विषयमा छलफल भएको थियो।

बैठकको अन्तिम दिन सभापति गगनकुमार थापाले सदस्य तथा पदाधिकारीले उठाएका विषयमा आफ्नो धारणा राखेका थिए। बैठकबाट पारित निर्णय भने मंगलबार दिउँसो ३ बजे प्रवक्ता देवराज चालिसेले सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *