अन्नपूर्ण पोष्ट पत्रिकामा २८ पत्रकारको सामूहिक राजिनामा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ५

काठमाडौँ – अन्नपूर्ण पोष्ट दैनिकका २८ पत्रकार सामूहिक राजीनामा दिएका छन् । व्यवस्थापन पक्षको दबाबपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन् ।

बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् । साथै उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *