भोजपुरमा बाँदरको आतंक, किसानलाई बाली जोगाउन सास्ती

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

भोजपुर । भोजपुरका विभिन्न क्षेत्रमा बाँदरको उपद्रो बढेपछि किसानलाई पाक्न लागेको अन्नबाली जोगाउन समस्या भएको छ। विशेषगरी मकै पाक्ने समयमा बाँदरको झुण्ड खेतबारीमा पसेर बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन्।

जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरको समस्या देखिएको किसानको भनाइ छ। बाली जोगाउन उनीहरू दिनभर खेतबारीमा बसेर बाँदर धपाउन बाध्य छन्। मकैसँगै तरकारी तथा फलफूलमा समेत क्षति पुगिरहेको बताइएको छ।

डिभिजन वन कार्यालयले तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरण गरे पनि किसानले समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्। खेतीमा निर्भर परिवारका लागि बाँदरको आतंक आर्थिक समस्यासमेत बन्दै गएको किसानको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *