बर्दियामा बुवाको ज्यान गएको घटनामा १९ वर्षीय छोरा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–५ जुगुतपुरमा बुवाको मृत्यु भएको घटनामा प्रहरीले १९ वर्षीय छोरालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सरगम आचार्यले घरायसी विवादका क्रममा ४९ वर्षीय बुवा टेकराज उपाध्यायलाई कुटपिट गरेको स्वीकार गरेका छन्। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयका अनुसार घरमा हुने विवादका कारण बाबुछोराबीच यसअघि पनि झगडा हुने गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *