|
२०८३ भाद्र २
काठमाडौं । आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा गठित टोलीमा गृह, अर्थ तथा भूमि व्यवस्था मन्त्रालयका सहसचिवहरू सदस्य छन्।
सरकार र महाअभियानका प्रतिनिधिबीच सोमबार भएको छलफलपछि औपचारिक वार्ताको प्रक्रिया अघि बढाइएको हो। सरकारले वार्ताका लागि पठाएको पत्र महाअभियानका प्रतिनिधिले समेत ग्रहण गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्