मकवानपुरमा स्कार्पियो दुर्घटना, मुख्य न्यायाधीशसहित ६ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरिखेतमा स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो बिहान अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई महिलासहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी भीमफेदी अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *