
सोलुुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन हुने भएको छ । गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत्र ११ गते सोमबार सोलुखुम्बु आउन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलले भवन उद्घाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भइ निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवनको निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभएको छ । पार्किङ सहितको साढे ३ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको र अब प्रशासनिक सेवा प्रवाहमा सहजता हुने गाउँपाकिलाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया