
सोलुखुम्बु । रक्षामन्त्री मानबीर राईको पहलमा ओखलढुंगाको बिब्ल्यांटेबाट गैरी हुँदै नेचा बिहिबारे जोड्ने सडक खण्डमा पर्ने ठोट्ने खोलामा बेलिबृज निर्माण हुने भएको छ । नेचासल्यान हुँदै सञ्चालन हुने सवारीसाधनलाई बर्खायाममा ठुलो अवरोध पुर्याउँदै आएको ठोट्ने खोलामा बेलिबृज निर्माण हुन लागेको हो ।
मोटरेबल पुल निर्माणका लागि सडक सब डिभिजन, हर्कपुर ओखलढुंगा र नेपाली सेनाको प्राविधिक टोलीले बिहीबार सर्भे कार्य सम्पन्न गरेको रक्षामन्त्री राईको सचिवालयले जनाएको छ ।
चालू आर्थिक बर्षमा नै मोटरेबल पुल निर्माण कार्य सप्पन्न गरिने छ । त्यसका लागि रक्षामन्त्री राईले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गर्नुभएको सचिवालयले जनाएको छ।
चालू आर्थिक बर्षमै ठोट्नेमा बेलिबृज निर्माण हुने भए पश्चात स्थानीयमा खुसियाली छाएको छ । यो महत्त्वपूर्ण पहलकदमी गर्नुहुने रक्षामन्त्री मनवीर राई, सम्बन्धित मन्त्रालय तथा नेपाली सेनाका प्राबिधिक टोलिलाई स्थानीयले धन्यवाद दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया