महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १५

सोलुखुम्बु। महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले कुलुङ परम्परा अनुसार मंगलबार शिलान्यास गरेका छन ।
१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको चार तले सो भवन निर्माणको जिम्मेवारी कूल लागत रकम भ्याट तथा पिएस आइटमसहित रु ६ करोड ७४ लाखमा बीके एस के कन्ट्रक्सनले लिएको छ।भवन २८ कोठा र २ वटा हल सहितको हुनेछ।
कूल लागतमध्ये ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने र ६०प्रतिशत लागत रकम स्थानीय पूर्वाधार विभागलाई लागत सहभागिताको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले गुणस्तरीय ढंगले सम्झौता भन्दा अघि नै भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो।
गाउँपालिकाको केन्द्र बुङमा आयोजित कार्यक्रममा  सो प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *