×

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेचासल्यान गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

चैत्र १०, २०८१ | दाक्सु मिडिया

सोलुुखुम्बु । नेचासल्यान गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज सोमबार भवन उद्घाटन गरिएको हो ।

राष्ट्रपति पौडेलले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आफु सभामुख भएको समयमा पैदल चिर्दै यात्रा गरेर सोलुखुम्बु पुगेको स्मरण गर्नु भयो । पुनः सोलुखुम्बु पुगेर पूर्वका नागरिकसँग साक्षत्कार गर्ने मौका पाएमा खुशी व्यक्त गर्नु भयो । सोलु र दुधकोशी नदी क्षेत्रमा निमार्णधिन साना तथा ठुला जलविद्युत आयोजनाबाट मुुलुकको आर्थिक विकासमा योग्दान पुगेको बताउँदै आगामी दिनहरुमा पनि हिमालय पदयात्रालगायत साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटन विकास र आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, प्रदेशका बहालवाल तथा पूर्वमन्त्रीहरु, सांसदहरु र स्थानीयतहका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्ष २०८०÷८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भएको थियो । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवनको निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: