७ जिल्लाका सीडीओ सहित ११ सहसचिव, उपसचिवको सरुवा तथा पदस्थापन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र ६

काठमाण्डौँ । गृहमन्त्रालय अन्तर्गतका ११ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन भएको छ । सरुवा सूची अनुसार ७ जिल्लाका सीडीओहरू हेरफेर भएका छन् ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ । कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ ।

सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ । उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ । गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *