भन्सार अधिकृतले एसपीलाई धम्क्याएको विषय संसद उठ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै घटनाको छानबिन गर्न माग गरेकी हुन्।

उनले भन्सार अधिकृतले विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र गृहमन्त्रीलाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय बाहिर आएको बताइन्।

संग्रौलाले ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको अर्थ के हो भन्ने प्रश्न गर्दै राज्य संयन्त्रभित्रकै अधिकारीबीच यस्तो संवाद हुनु गम्भीर विषय भएको बताइन्। उनले उक्त अडियो प्रकरणको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *