
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।
पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ । त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया