|
२०८३ आश्विन ८
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खोला तर्ने क्रममा फसेको छ।
थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा खोला तर्ने क्रममा बस बीचमै फसेको हो।
बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट असई सुमन बुढाथोकीको कमान्डमा १० जनाको विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीले बसमा रहेका यात्रुलाई सुरक्षित स्थानमा सारेको जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्