×

मन्त्रिपरिषद विस्तार अघि सुदूरपश्चिममा धमाधम कर्मचारी सरुवा

चैत्र ५, २०७९ | दाक्सु मिडिया

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रिपरिषद विस्तार गर्नुअघि कर्मचारी सरुवामा सक्रिय देखिएका छन् । आफ्नै कार्यविधिलाई लत्याउँदै प्रदेश तहमा समायोजन भइ कार्यरत कर्मचारीहरुको सरुवामा मुख्यमन्त्री शाहले सक्रियता देखाएका हुन् ।

खासगरी सामाजिक विकास मन्त्रालय मातहतका निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरुको सरुवा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार सामाजिक विकास मन्त्रालयमा कार्यरत गगनदेव भटट्लाई सोही मन्त्रालय मातहतको सामाजिक विकास कार्यालय कैलालीमा सरुवा गरिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बमलाई बझाङ सरुवा गरिएको छ । कञ्चनपुरमा कार्यरत शिवराज सुनारलाई कैलाली ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयमा कार्यरत दयाकृष्ण पन्तलाई कञ्चनपुर सरुवा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: