|
२०८३ आश्विन ७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच शिष्टाचार भेट भएको छ ।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभारसमेत वाग्लेलाई तोकिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्