माथिल्लो तामाकोसीमा बेपत्ता चारमध्ये दुई जनाको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १४

दाेलखा : दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो। तर शवको पहिचान भने हुन सकेको छैन। दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ। ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्ले तामाकोशीमा काम गर्दैआएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए।

ती मध्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन। पहिरोले पुरिँदा सम्पर्कबिहिन भएका अन्य दुइ जनाको अवस्था अज्ञात छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *