ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु , २ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ३

राजविराज : फलामको रड बोकेर गइरहेको ट्रयाक्टर सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सप्तरीको अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको स.१ त.६१०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा सदाको मृत्यु भएको डीएसपी माधवप्रसाद काफ्लेले बताए। दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक २९ वर्षीय श्रीप्रसाद मण्डल र मजदुर १८ वर्षीय युवराज सदा घाइते भएका छन्। राजविराजस्थित गनासिं अस्पतालमा शवको पोष्टमार्टम मङ्गलबार हुने र थप अनुसन्धान गरिने सप्तरी प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *