×

२१ दिनदेखि बेपत्ता राई मृत फेला

चैत्र ३, २०७९

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ प्लाम्दुकी ५० वर्षीया कुमारी राई मृत भेटिएकी छन् ।

गत फागुन १३ गतेदेखि घरबाटै सम्पर्क विहिन बनेकी राई सोही वडाको खोला छेउमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

निजको खोजतलास गर्दा खोला नजिकै लहरामा पासो लागेको अवस्थामा भेटिएको छोरा कल्याण राईले बताए । उनको शव सडिएर चिन्न नसकिने अवस्थामा रहेकाले हुलियाका आधारमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रहरी निरीक्षक एवं सुचना अधिकारी रामनारायण शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: