वडा कार्यालय नजिकै बागमतीमा शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिक एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

उनको पहिचान खुल्न सकेको छैन । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बागमती नदीले कतैबाट बगाएर त्यहाँ शव पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *