सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनस्थित अभिलेख शाखामा आगलागी भएको छ। आगलागीबाट प्रयोगविहीन अवस्थामा राखिएका कागजात तथा कानून पत्रिकाका केही प्रति जलेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार गत राति आगलागी भएको जानकारी पाएपछि सुरक्षाकर्मी र कर्मचारीले दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए। प्रारम्भिक अनुमानअनुसार बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।

आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नभएको अदालत प्रशासनले जनाएको छ। आगो अभिलेख शाखाको कोठामै सीमित रहेको र अन्य क्षेत्रमा असर नगरेको प्रवक्ता कोइरालाले बताए।

निर्माणाधीन अभिलेख शाखामा काम नलाग्ने तथा प्रयोगविहीन फाइल र कागजात मात्र राखिएको अदालतको भनाइ छ। फैसला भइसकेका मुद्दाका अभिलेख व्यवस्थापनका लागि अदालतमा छुट्टै अभिलेख शाखा रहने गरेको छ।

गत भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन भवनको एक भागमा इजलास र प्रशासनिक कामसमेत सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *