सुनको भाउ ५ सय बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख ३०

३० वैशाख, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसअघि सुन वैशाख ९ गते हालसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *